मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? यी पाँच तरिका अपनाउनुस्
जमाना स्मार्ट फोनको हो । आइओएस भर्सनको होस् वा एन्ड्रोइड, हरेकको हातमा स्मार्ट फोन छुटेकै हुँदैन।

स्मार्ट फोनका अनेक फाईदा छन्। तर समस्या पनि उत्तिकै। एउटा ठूलो समस्या हो, ब्याट्री नटिक्ने । चलाउन थालेको एक, दुई वर्षमा ब्याट्रीको आयु सकिँदै जाने। यस्तो किन हुन्छ होला ?

यसका धेरै कारण हुन सक्छन्। एउटा त समयक्रमसँगै ब्याट्रीको क्षमतामा ह्रास आउँदै जान्छ। कहिलेकाहीँ बनाउँदाखेरि नै त्रुटी भएको हुनसक्छ।

सन् २०१७ मा यस्तै त्रुटी भएर एप्पल कम्पनीले माफी नै माग्नुपरेको थियो। तर ब्याट्रीको आयु लम्ब्याउने तरिका पनि छन्।

ब्याट्री टिकाउने केही टिप्स यस्ता छन्:

फोनको सफ्टवेयरलाई अपडेट राख्नुहोस्

एप्पल, सामसुङ जस्ता मोबाइल फोन निर्माताहरुले बारम्बार फोन अपडेट गर्ने सन्देश पठाइरहन्छन्। यस्ता सन्देश देख्दा तपाईंलाई दिक्क लाग्न सक्छ। तर यी सन्देश हितकारी हुन्छन्।

पछिल्लो सफ्टवेयरले तपाईंको फोनलाई प्रभावकारी बनाउँछ। यसले ब्याट्रीको आयु टिकाउँछ। साथसाथै फोनलाई थप सुरक्षित पनि बनाउँछ।

सामान्यतः सेटिङ एप्समा गएर फोनको सफ्टवेयर अपडेट गर्न सकिन्छ । खासगरी सेटिङमा गइसकेपछि ‘सफ्टवेयर अपडेट’ भन्ने अप्सन राखिएको हुन्छ।

ब्याट्रीको प्रयोग घटाउनुहोस्

हरेकजसो फोनमा ब्याट्रीको उपयोग के कति भयो भनेर देखाउने अप्सन हुन्छ। ‘सेटिङ’ मा ‘ब्याट्री युजेज’भन्ने अप्सन हुन्छ। यो अप्सनमा गएपछि ब्याट्रीको उपयोग कसरी भयो भन्ने ग्राफ आउँछ।

तपाईंले अरु सफ्टवेयर प्रयोग गरिरहँदा पनि धेरै एप्सहरु ब्याकग्राउण्डमा चालु भइरहेका हुन्छन्। तपाईंले कुन एप्स चल्न दिने भनेर छनौट गर्न सक्नुहुन्छ।

यदि कुनै एप्सले ब्याट्री धेरै उपयोग गरिरहेछ र तपाईंलाई यो त्यति आवश्यक छैन भने त्यसलाई हटाउनु उचित हुन्छ।

ब्याकग्राउण्ड सेटिङ परिवर्तन गर्ने तरिका यस्तो छः

आइओएसमा

सेटिङमा जानुस् । जनरल अप्सन रोज्नुहोस्। त्यसपछि ब्याकग्राउण्ड एप रिफ्रेस छनोट गर्नुहोस्। त्यहाँबाट वाइफाई...वाइफाई एन्ड सेलुलर डाटा जस्ता अप्सन छनोट गर्न सकिन्छ।

एन्ड्रोइडमा

सेटिङमा जानुहोस् । ब्याट्री अप्सन छनोट गर्नुहोस् । ‘मोर’ अप्सन छनोट गरेर ‘ब्याट्री युजेज’ खोल्नुहोस् । त्यहाँबाट तपाईंले कुन एपले कति ब्याट्री खाएको छ भन्ने थाहा पाउनुहुन्छ।

तपाईंले ब्याकग्राउण्डमा नचल्ने बनाउन खोज्नुभएको एप छनोट गर्नुहोस् र ‘ब्याकग्राउण्ड रेस्ट्रिक्सन’ भन्ने अप्सन छनोट गर्नुहोस् ।

स्क्रिन मधुरो बनाउनुहोस्

फोनको स्क्रिन जति उज्यालो भयो त्यति ब्याट्री खपत हुन्छ। त्यसैले स्क्रिन मधुरो बनाएकै ठीक। स्क्रीन ब्राइटनेसलाई अटो मोडमा राख्दा पनि धेरै ब्याट्री बचत हुन्छ।

डिस्प्ले उज्यालो भइरहने अर्को कारण नोटिफिकेसनले पनि हो । त्यसैले नोटिफिकेसन अफ राख्दा उचित हुन्छ । यस्तो गर्ने तरिका फोन अनुसार फरक हुन्छ ।

सामान्यतया सेटिङमा जानुहोस् । त्यहाँबाट नोटिफिकेसन्स भन्ने अप्सन रोज्नुहोस् । र, चाहेको एप्लिकेसन छनोट गरेर नोटिफिकेसन डिसेबल गरिदिनुहोस् ।

'डिसकनेक्ट'

फोन गरिरहनु परेको छैन र वाइफाइबाट इन्टरनेट चलाइरहनुहुन्छ भने सबैभन्दा राम्रो उपाय हो फोनलाई फ्लाइट मोडमा राख्ने । फोनलाई फ्लाइट मोडमा राख्नुहोस् र वाइफाइ कनेक्ट गर्नुहोस् । यसो गर्दा ब्याट्री त जोगिन्छ नै, मोबाइल ब्यालेन्स पनि बचत हुन्छ ।

'ब्याट्री सेभर' मोड प्रयोग गर्नुहोस्

फोनमा भएको ‘ब्याट्री सेभर’ भन्ने अप्सन ब्याट्रीको आयु बढाउने सर्वोत्तम तरिका हो। आइफोनमा यसलाई ‘लो पावर मोड’ भनिन्छ । एन्ड्रोइडमा यसलाई ‘ब्याट्री सेभर’ भनिन्छ। खासगरी ब्याट्री कम भएपछि मोबाइलमा ब्याट्री सेभर अन गर्ने सन्देश आउँछ।

ब्याट्री सेभर मोड म्यानुअल्ली पनि अन गर्न सकिन्छ।

आइओएसमा

सेटिङमा जानुहोस् । ब्याट्रीमा क्लिक गर्नुहोस् । त्यहाँ ‘लो पावर’ भन्ने अप्सन हुन्छ । एप्पलका अनुसार यो मोड स्क्रिन मधुरो बनाउन ल्याइएको हो । यो एप्सले ब्याकग्राउण्ड डाटा भने प्रयोग गर्दैन । तर फोन, म्यासेज लगायतका अन्य काम भने गर्न सकिन्छ ।

एन्ड्रोइडमा

स्क्रिन स्वाइप डाउन गर्नासाथ ‘ब्याट्री सेभर’ भन्ने अप्सन आउँछ । त्यहाँ गएर ब्याट्री सेभर मोड शुरु गर्न सकिन्छ । सेटिङमा गएर ब्याट्री कति प्रतिशत भएपछि आफै ब्याट्री सेभर मोड अन हुने भन्ने पनि बनाउन सकिन्छ । त्यसका लागि सेटिङमा गएर ‘ब्याट्री’ सेक्सनमा गएपछि ‘ब्याट्री सेभर’ भन्ने अप्सन आउँछ ।

टाइम म्यागजिनबाट अनुदित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्