बागलुङ। पशुपन्क्षीजन्य व्यवसायबाट ताराखोला गाउँपालिकाका किसानले वार्षिक करोडौँ रूपैयाँ भित्राएका छन्। गाउँपालिकाको आँकडाअनुसार गत आवमा पशुपक्षीपालनबाट दुई करोड २४ लाख ४३ हजार आम्दानी भएको छ। पशुपन्क्षीको व्यावसायिकपालन बढेकाले यो वर्ष आम्दानी थप बढ्ने अनुमान छ। भैँसी, बाख्रा, भेडापालन र कृषितर्फ आलुमा गाउँपालिका आत्मनिर्भर छ। गत वर्ष भैँसी, राँगा र पाडापाडीको बेचबिखनबाट ९२ लाख ४५ हजार ६६० आम्दानी भएको छ।

यस्तै, बाख्रापालनबाट ७२ लाख ५१ हजार ६५९ र गाई÷गोरुको बिक्रीबाट चार लाख ९५ हजार ४०० आम्दानी भएको गाउँपालिकाको पशुशाखाले जनाएको छ। सोही वर्ष आठ लाख ७८ हजार १५० को घ्यू र ८० हजार ७६० को दूध बिक्री भएको शाखाका पशु स्वास्थ्य प्राविधिक चिन्तामणि शर्माले बताए।

गाउँपालिकाभित्र दुई हजार ५०० बढी भैँसी, राँगा २७१, पाडापाडी एक हजार ५२९, सात हजार बढी बाख्रा, ३४० भेडा, १२ हजार कुखुरा र १४२ बङ्गुर छन्। खसीबाट मात्रै ५२ लाख ६० हजार ४६० बराबरको कारोवार भएको छ। पन्क्षीतर्फ सबैभन्दा बढी लेयर्स जातको कुखुरापालनबाट नौ लाख ७० हजार ६५० आम्दानी भएको छ। ब्रोइलर कुखुराले दुई लाख २८ हजार ४५० कमाइ दिएको छ।

यस्तै, १८ लाखको माछा बिक्री भएको छ। व्यवसायीले रेम्बो ट्राउट जातको माछापालन पनि गरिरहेका छन्। वडा नम्बर ४ छम्टुमा झण्डै ५० लाखको लगानीमा दुई वर्षअघि माछापालन थालिएको थियो। कृषि र पशुपालनमा प्रचुर सम्भावना बोकेको ताराखोलाका किसान विस्तारै व्यावसायिक हुन थालेका छन्।

केही वर्षअघिसम्म कृषि र पशुजन्य उपज घरायसी प्रयोग र ऐचोपैँचोमा सीमित थियो। गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न अनुदान, तालिमलगायत प्रोत्साहनका कार्यक्रम ल्याएको छ।  रामबहादुर थापा/रासस

" /> बागलुङ। पशुपन्क्षीजन्य व्यवसायबाट ताराखोला गाउँपालिकाका किसानले वार्षिक करोडौँ रूपैयाँ भित्राएका छन्। गाउँपालिकाको आँकडाअनुसार गत आवमा पशुपक्षीपालनबाट दुई करोड २४ लाख ४३ हजार आम्दानी भएको छ। पशुपन्क्षीको व्यावसायिकपालन बढेकाले यो वर्ष आम्दानी थप बढ्ने अनुमान छ। भैँसी, बाख्रा, भेडापालन र कृषितर्फ आलुमा गाउँपालिका आत्मनिर्भर छ। गत वर्ष भैँसी, राँगा र पाडापाडीको बेचबिखनबाट ९२ लाख ४५ हजार ६६० आम्दानी भएको छ।

यस्तै, बाख्रापालनबाट ७२ लाख ५१ हजार ६५९ र गाई÷गोरुको बिक्रीबाट चार लाख ९५ हजार ४०० आम्दानी भएको गाउँपालिकाको पशुशाखाले जनाएको छ। सोही वर्ष आठ लाख ७८ हजार १५० को घ्यू र ८० हजार ७६० को दूध बिक्री भएको शाखाका पशु स्वास्थ्य प्राविधिक चिन्तामणि शर्माले बताए।

गाउँपालिकाभित्र दुई हजार ५०० बढी भैँसी, राँगा २७१, पाडापाडी एक हजार ५२९, सात हजार बढी बाख्रा, ३४० भेडा, १२ हजार कुखुरा र १४२ बङ्गुर छन्। खसीबाट मात्रै ५२ लाख ६० हजार ४६० बराबरको कारोवार भएको छ। पन्क्षीतर्फ सबैभन्दा बढी लेयर्स जातको कुखुरापालनबाट नौ लाख ७० हजार ६५० आम्दानी भएको छ। ब्रोइलर कुखुराले दुई लाख २८ हजार ४५० कमाइ दिएको छ।

यस्तै, १८ लाखको माछा बिक्री भएको छ। व्यवसायीले रेम्बो ट्राउट जातको माछापालन पनि गरिरहेका छन्। वडा नम्बर ४ छम्टुमा झण्डै ५० लाखको लगानीमा दुई वर्षअघि माछापालन थालिएको थियो। कृषि र पशुपालनमा प्रचुर सम्भावना बोकेको ताराखोलाका किसान विस्तारै व्यावसायिक हुन थालेका छन्।

केही वर्षअघिसम्म कृषि र पशुजन्य उपज घरायसी प्रयोग र ऐचोपैँचोमा सीमित थियो। गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न अनुदान, तालिमलगायत प्रोत्साहनका कार्यक्रम ल्याएको छ।  रामबहादुर थापा/रासस

"> बागलुङमा व्यावासयिक पशुपक्षी पालन फस्टाउँदै  : Dekhapadhi
बागलुङमा व्यावासयिक पशुपक्षी पालन फस्टाउँदै
बागलुङ। पशुपन्क्षीजन्य व्यवसायबाट ताराखोला गाउँपालिकाका किसानले वार्षिक करोडौँ रूपैयाँ भित्राएका छन्। गाउँपालिकाको आँकडाअनुसार गत आवमा पशुपक्षीपालनबाट दुई करोड २४ लाख ४३ हजार आम्दानी भएको छ। पशुपन्क्षीको व्यावसायिकपालन बढेकाले यो वर्ष आम्दानी थप बढ्ने अनुमान छ। भैँसी, बाख्रा, भेडापालन र कृषितर्फ आलुमा गाउँपालिका आत्मनिर्भर छ। गत वर्ष भैँसी, राँगा र पाडापाडीको बेचबिखनबाट ९२ लाख ४५ हजार ६६० आम्दानी भएको छ।

यस्तै, बाख्रापालनबाट ७२ लाख ५१ हजार ६५९ र गाई÷गोरुको बिक्रीबाट चार लाख ९५ हजार ४०० आम्दानी भएको गाउँपालिकाको पशुशाखाले जनाएको छ। सोही वर्ष आठ लाख ७८ हजार १५० को घ्यू र ८० हजार ७६० को दूध बिक्री भएको शाखाका पशु स्वास्थ्य प्राविधिक चिन्तामणि शर्माले बताए।

गाउँपालिकाभित्र दुई हजार ५०० बढी भैँसी, राँगा २७१, पाडापाडी एक हजार ५२९, सात हजार बढी बाख्रा, ३४० भेडा, १२ हजार कुखुरा र १४२ बङ्गुर छन्। खसीबाट मात्रै ५२ लाख ६० हजार ४६० बराबरको कारोवार भएको छ। पन्क्षीतर्फ सबैभन्दा बढी लेयर्स जातको कुखुरापालनबाट नौ लाख ७० हजार ६५० आम्दानी भएको छ। ब्रोइलर कुखुराले दुई लाख २८ हजार ४५० कमाइ दिएको छ।

यस्तै, १८ लाखको माछा बिक्री भएको छ। व्यवसायीले रेम्बो ट्राउट जातको माछापालन पनि गरिरहेका छन्। वडा नम्बर ४ छम्टुमा झण्डै ५० लाखको लगानीमा दुई वर्षअघि माछापालन थालिएको थियो। कृषि र पशुपालनमा प्रचुर सम्भावना बोकेको ताराखोलाका किसान विस्तारै व्यावसायिक हुन थालेका छन्।

केही वर्षअघिसम्म कृषि र पशुजन्य उपज घरायसी प्रयोग र ऐचोपैँचोमा सीमित थियो। गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न अनुदान, तालिमलगायत प्रोत्साहनका कार्यक्रम ल्याएको छ।  रामबहादुर थापा/रासस

प्रतिक्रिया दिनुहोस्