काठमाडौं । एनएमबी बैंकले आफ्ना शेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २१ प्रतिशत शेयर लाभांश प्रदान गर्ने भएको हो ।
त्यस आधारमा कूल दुई करोड ४२ लाख १२ हजार ४५७ कित्ता शेयर प्रदान गरिनेछ । यस्तै कर प्रयोजनका लागि भने नगद लाभांश प्रदान गर्न लागिएको छ ।
कूल १४ प्रतिशत नगद लाभांश अर्थात एक अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रूपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।
बैंकको हाल ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७ रूपैयाँ चुक्ता पूँजी छ । रासस