काठमाडौं। चिनीको मूल्य अचाक्ली बढेको र चिनी पाउन छाडेको गुनासो बढेपछि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ साउनमा बजार अनुगमन गर्न निस्क्यो।

कालीमाटी-कूलेश्वरमा रहेको गोदाम र पसलको अनुगमनमा निस्किएको विभागले अनुगमन गरेका सबै गोदाममा चिनीको मौज्दात भेट्यो।

त्यसक्रममा विभागले १५ क्विन्टल चिनी लोड गरिएको बेवारिसे गाडी फेला पार्‍यो। तर, गाडी आफ्नो भनेर कोही पनि लिन आएनन्।

उक्त गाडीमा लोड गरिएको चिनी एउटा गोदामबाट अर्को गोदाममा सार्न लागिएको थियो। विभागको अनुगमन टोली आएपछि लुकाउने लक्ष्यसहित चिनी गाडीमा लोड गरिएको हुन सक्ने विभागले बताएको छ।

जसकारण गाडीमा लोड भएको गाडी आफ्नो दाबी गर्न कोही तयार भएनन्। यस्तै अनुगमनकै क्रममा सोही क्षेत्रमा रहेको गोदामभरि चिनी भेटियो।

तर, ट्रकजस्तै उक्त गोदाम नै बेवारिसे बन्यो। विभागको अनुगमन टोलीले फेला पारेपछि गोदाम दाबी गर्न कोही आएनन्।

दाबी गर्न काेही नआएपछि बजार अनुगमनमा निस्किएको विभागको टोलीले ट्रक र गोदाम नै प्रहरीलाई बुझाइदियो।

विभागले गरेको अनुगमनका क्रममा देखिएका यस्ता घटना पछिल्लो समय बढेको छ। खासगरी नेपालीहरूले महान चाडका रूपमा मनाउने दसैँ र तिहार नजिकिँदै गर्दा व्यापारीहरूले चिनी लुकाउन थालेका छन्।

दसैँतिहारमा बढी खपत हुने चिनी लुकाएर मूल्य बढाउने लक्ष्यसहित व्यापारीहरूले जानाजान बजारमा चिनीको अभाव सिर्जना गर्न खोजिरहेका छन्।

व्यापारीहरूले प्रत्येक वर्षको दसैँतिहारमा चिनीको अभाव देखाएर मूल्यवृद्धि गर्दै आएका छन्।

उद्योग मन्त्रालयको चासो

बजारमा चिनीको अभाव बढेको हल्ला चलेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो देखाएको छ। अभाव बढेको भन्दै व्यापारीले चिनीको मूल्य प्रतिकिलो ८५ रूपैयाँबाट बढाएर ९५ सम्म पुर्‍याइसकेका छन्।

पछिल्लो गतिविधिपछि वाणिज्य सचिव डा. वैकुण्ठ अर्यालले नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाललाई मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गरेका छन्।

बजारमा चिनीको मूल्य बढेपछि उद्योगमै बढेको हो वा व्यापारीले बढाए भन्ने जानकारी लिन अर्यायले अग्रवालसँग छलफल गरेका हुन्।

छलफलका क्रममा अग्रवालले उद्योगमा मूल्य नबढेको जानकारी सचिवलाई दिएपछि व्यापारीहरूले नै चिनीको मूल्यमा चलखेल गरेको निष्कर्षमा मन्त्रालय पुगेको छ।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले वाणिज्य सचिवले अध्यक्ष अग्रवाललाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताइन्।

३० हजार मेट्रिकटन चिनी आयात गर्दै सरकार

बजारमा व्यापारीले चिनी लुकाउन थालेपछि सरकारले ३० हजार मेट्रिकटन चिनी आयात गर्न अनुमति दिएको छ।

मन्त्रिपरिषद्को बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयात गर्न अनुमति दिएको हो।

जसअनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले २० हजार र व्यापार कम्पनीले १० हजार मेट्रिकटन चिनी आयात गर्नेछन्।

सहप्रवक्ता केसीले ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिएको बताइन्।

चाडबाडको मुखमा आयातको अनुमति दिएकाले दसैँअघि नै चिनी नेपाल आइसक्ने उनको भनाइ छ।

यस्तै चिनी उत्पादक संघका अध्यक्ष अग्रवालले सरकारले चिनी आयात खुला गर्नु सकारात्मक र स्वागतयोग्य भएको बताए।

उनले भने, “व्यापारीहरूले चिनी लुकाएर मूल्य बढाइरहेको समय तथा सरकारी कम्पनीहरूसँगको मौज्दात सकिएको अवस्थामा अनुमति दिइएको छ। सही समयमा गरिएको सही निर्णय हो यो।”

" /> काठमाडौं। चिनीको मूल्य अचाक्ली बढेको र चिनी पाउन छाडेको गुनासो बढेपछि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ साउनमा बजार अनुगमन गर्न निस्क्यो।

"> चाडबाडको मुखमा कालोबजारीको तानाबाना, व्यापारीले लुकाउन थाले चिनी: Dekhapadhi
फाइल तस्वीर।
चाडबाडको मुखमा कालोबजारीको तानाबाना, व्यापारीले लुकाउन थाले चिनी

प्रतिक्रिया दिनुहोस्