काठमाडाैं। चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२० को आवेदन खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।
सन् २०१७ देखि व्यावसायिक तथा विद्यार्थी गरी दुई विधामा प्रदान गरिँदै आएको यो पुरस्कारका लागि विश्वविद्यालयमा अध्ययनरत वा विश्वविद्यालय शिक्षा पूरा गरी व्यावसायिकरूपमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ तथा गणितको क्षेत्रमा देश वा विदेशमा रही सक्रिय भूमिका निर्वाह गरिरहेका नेपाली महिलाले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
आवेदन फारम नासाेकाे वेबसाइटमा उपलब्ध रहेको सोसाइटीले जनाएको छ।
आवेदन भदौ ७ सम्म दिने सकिने जनाइएको छ।
आवेदन दिई छनोटमा पर्नेमध्ये व्यावसायिक विधातर्फ नगद २५ हजार र विद्यार्थीतर्फ १५ हजारका साथै प्रमाणपत्र र ट्रफी पुरस्कारस्वरूप प्रदान गरिने जनाइएको छ।
" /> काठमाडाैं। चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२० को आवेदन खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।सन् २०१७ देखि व्यावसायिक तथा विद्यार्थी गरी दुई विधामा प्रदान गरिँदै आएको यो पुरस्कारका लागि विश्वविद्यालयमा अध्ययनरत वा विश्वविद्यालय शिक्षा पूरा गरी व्यावसायिकरूपमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ तथा गणितको क्षेत्रमा देश वा विदेशमा रही सक्रिय भूमिका निर्वाह गरिरहेका नेपाली महिलाले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
आवेदन फारम नासाेकाे वेबसाइटमा उपलब्ध रहेको सोसाइटीले जनाएको छ।
आवेदन भदौ ७ सम्म दिने सकिने जनाइएको छ।
आवेदन दिई छनोटमा पर्नेमध्ये व्यावसायिक विधातर्फ नगद २५ हजार र विद्यार्थीतर्फ १५ हजारका साथै प्रमाणपत्र र ट्रफी पुरस्कारस्वरूप प्रदान गरिने जनाइएको छ।
">