महेन्द्रनगर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्यभन्दा झण्डै ५० प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको जनाएको छ ।
सो कार्यालयलाई वार्षिक ४८ करोड ६८ लाख रूपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिइएको भएपनि बन्दाबन्दी लगायतका कारणले राजश्वमा कमी आएको हो।
कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख नहकुल शर्माले गत आर्थिक वर्षमा २५ करोड ८४ लाख राजस्व संकलन भएको बताउनुभयो ।
केही वर्षयता भन्सारमा भएको आन्तरिक सुधार र अवैध सामान आयातमा नियन्त्रण गरिएपछि राजस्व बढेपनि ६ महीनायता कोभिड-१९ महामारीले राजश्व प्रभावित बनेको छ।
“बन्दाबन्दीले यहाँका नाकाहरू अझै प्रभावित भएको छ”, शर्माले भने, “अझै भारतीय बजारबाट सामान आयात गर्ने वातावरण बनिसकेको छैन।”
गड्डाचौकी नाकाबाट ठूला सवारी साधनभन्दा पनि साइकल र मोटरसाइकलमा बढी सामान ढुवानी हुने गरेको भन्सार कार्यालयको भनाइ छ
“वनबासा पुलका कारण यहाँ आयात निर्यातका लागि ठूला सवारीसाधान चल्दैनन्”, उनले भने, “बन्दाबन्दी खुकुलो भएपनि नाका अझै सामान्य अवस्थामा आइसकेको छैन।”
शर्माका अनुसार हाल गड्डाचौकी नाका दैनिक तीन घण्टा चलेको छ। त्यसैगरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ३४ करोड २० लाख रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। रासस