सरकारी ई-कमर्श कम्पनी ‘नेपाल फूड’काे सेवा कर्णालीमा

काठमाडौं। सरकारी ई(कमर्श कम्पनीले उपत्यकाबाहिर सेवा विस्तार गरेको छ। कम्पनीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सेवा शुरू गरेको हो।

२६ चैतदेखि अनलाइनमार्फत सेवा शुरू गरेको कम्पनीले यसअघि काठमाडौं उपत्यकाको चक्रपथ भित्रमात्रै सेवा दिँदै आएको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरिरहेको ‘नेपाल फूड’ नामक ई-कमर्श कम्पनीले पहिलोपटक उपत्यकाबाहिर सेवा विस्तार गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले १६ असारदेखि कर्णालीमा अनलाइनमार्फत डेलिभरी सेवा सञ्चालन गरेको देखापढीलाई बताए।

कम्पनीको सुर्खेत शाखाले अनलाइनमार्फत तीन प्रकारका चामल र कर्णालीको सिमी बिक्री गर्ने छ।

साउनदेखि अन्य सामान पनि बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्णाली ईन्चार्ज भीम थापाले बताए।