आज यी २१ वटा जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित काठमाडौं। आज देशका २१ वटा जिल्लामा पाँचसयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमा प्रदेश १ का तीन, बागमतीका नौ, गण्डकीका छ, लुम्बिनीका दुई र कर्णालीको एक जिल्ला रहेको मन्त्रालयले जनाएको छ। ती जिल्लाहरु मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक,नुवाकोट,नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्