आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ७७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौंमा आठ हजार १२३ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै हालसम्म जिल्लामा दुई लाख १७ हजार ३५७ जना संक्रमित निको भइसकेका छन्। त्यस्तै दुईहजार १९ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यसैगरी दुईलाख २७ हजार ४९९ जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्