आज ३५ जना संक्रमितको मृत्यु काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट १० हजार ३२७ जनाको मृत्यु भइसकेको छ। हाल नेपालमा कुल संक्रमितमध्ये एक दशमलव चार प्रतिशतले ज्यान गुमाइसकेका छन्। हालसम्म नेपालमा आठ लाख १० हजार ८५३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्