आज थपिए कोरोनाका ३४ सय ५१ नयाँ संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ३४ सय ५१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा पीसीआरमार्फत १० हजार ९३ र एन्टीजेनमार्फत पाँच हजार ५१८ जना गरी कुल १५ हजार ६११ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो। हालसम्म नेपालमा आठ लाख १० हजार ८५३ जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्