भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको संख्यामा कमी एजेन्सी। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ। पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ सङ्क्रमित थपिएका छन्। भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ। त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीनलाख ८१ हजार ९४७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्