कोरोनाका कारण विश्वमा थप ८ हजारभन्दा बढीको मृत्यु काठमाडौं।कोरोना भाइरस संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा थप ८ हजार ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या ४३ लाख ७४ हजार २५३ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार २२२ जनाको मृत्यु भएको छ। रुसमा ८१६, मेक्सिकोमा ७५३, भारतमा ४२१ र ब्राजिलमा ३८५ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्