आज देशभर थपिए २ हजार २१२ जना कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयकाअनुसार कुल १२ हजार १०६ जनामा भएको परीक्षणमा १ हजार ७८३ जनाको पीसीआर पोजेटिभ र ४१९ जनामा एन्टिजेन पोजेटिभ पुष्टि भएको हो। योसँगै देशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्