थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु काठमाडौं। आज देशभर थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ जना रहेको छ। हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्यु दर १.५ रहेको छ भने देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्