आज देशभर निको भए १ हजार ३२० जना कोरोना संक्रमित काठमाडौं। आज देशभर १ हजार ३२० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर निको हुने कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ। हाल नेपालमा कोरोना संक्रमित निको हुने दर ९३.२ रहेको मन्त्रालयले जनाएको छ। अर्कातिर, देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्