देशभर थप २७ जनाको कोरोनाका कारण मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै देशभर १० हजार २३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हाल नेपालमा कोरोनाका कारण हुने मृत्युको दर १.५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्कातिर, नेपालमा हालसम्म ८ लाख २ हजार ५६६ जनामा कोरोना पुष्टि भएको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्