आज काठमाडौं जिल्लामा थपिए ८ सय ११ कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज काठमाडौं जिल्लामा ८ सय ११ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयकाअनुसार हालसम्म काठमाडौंमा कुल २ लाख २४ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये २ हजार १ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ८५५ जना निको भएका छन्। हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८ हजार ११० रहेको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्