आज यी १९ जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित काठमाडौं। आज नेपालका १९ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। ती जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपदेन्ही र सुर्खेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमण बढ्दै गएको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्