कोरोनाका कारण विश्वमा थप ७ हजार ९ सयभन्दा बढीको मृत्यु काठमाडौं। कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा विश्वमा थप ७ हजार ९०१ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा एकहजार ४९८ जनाको भएको छ। यस्तै कोरोनाका कारण बितेको चौबिस घण्टामा रुसमा ७८७, भारतमा ४४७, ब्राजिलमा ३८८, इरानमा ५४२, मेक्सिकोमा ५१५, मलेसियामा ३६०, म्यानमारमा २५०, कोलम्बियमा १८१ र अर्जेन्टिनामा १५७ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्