काठमाडौं महानगरपालिकाभित्र मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण काठमाडौं महानगरपालिकाभित्र मात्र ५ सयभन्दा बढीको मृत्यु भएको छ। महानगरपालिका अनुसार बिहीबारसम्म महानगरभित्र ५१० जनाको मृत्यु कोरोनाका कारण भएको छ। महानगरपालिकाभित्र हालसम्म ७२ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ६८ हजार ७७१ जना निको भइसकेका छन्। महानगरभित्र सबैभन्दा बढीको मृत्यु वडा नंं.१६ मा ७५ जनाको भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्