आज १५ सय ३५ जना कोरोना संक्रमणमुक्त काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ३५ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा छ लाख ६१ हजार ६५१ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ८ प्रतिशतले कोरोना जितिसकेको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा सात लाख ६९ हजार ९२२ जनामा संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्