विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २० करोड नाघ्यो काठमाडौं।विश्वमा कोरोना संक्रमितको कुल संख्या २० करोड नाघेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वमा २० करोड २ लाख ३१ हजार ९५५जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।विश्वमा पहिलोपटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो।त्यसयता यो भाइरस विश्वका २२० देश क्षेत्रमा फैलिसकेको छ।कोरोना संक्रमण सबैभन्दा बढी अमेरिकामा ३ करोड ६० लाख ४८ हजार ६४४ जनामा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्