काठमाडौं जिल्लामा मात्र निको भए २ लाख १० हजारभन्दा बढी संक्रमित काठमाडौं। काठमाडौं जिल्लामा मात्र हालसम्म २ लाख १० हजार २ सय कोरोनाका संक्रमित निको भएका छन्। स्थास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज काठमाडौंमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कुल संख्या २ लाख १८ हजार ५९५ पुगेको छ। संक्रमितमध्ये एकहजार ९७२ जनाको मृत्यु भएको छ। आज काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या ६हजार ४२३जना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्