उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ९ हजारभन्दा माथि काठमाडौं। काठमाडौं उपत्यकामा आज सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ११५ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ हजार ४२३ जना, ललितपुरमा १ हजार ५४४ जना र भक्तपुरमा १ हजार १ सय ४८ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्ला केही दिनयता उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्