आज उपत्यकामा थपिए सात सय ७० जना नयाँ संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सात सय ७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा पाँच सय ५६ जना, ललितपुरमा एक सय १५ जना र भक्तपुरमा ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ८९५ जना रहेको मन्त्रालयले बताएको छ। जसमध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्