चीनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थाल्यो एजेन्सी। चीनमा कोरोना सङ्क्रमितको संख्या पुनः बढ्न थालेको छ। कोरोनाको उद्गमस्थल चीनमा आइतबार कोरोनाका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ। ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ। चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका थिए। त्यसैगरी युनान, लियानिङमामा अरु सङ्क्रमित समेत भेटिएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्