स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन काठमाडाैं। टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ। साउन १६ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि खोप कार्यक्रम रोकिएको थियो। खोप आज बिहानदेखि पुनः सुरू हुन लागेको हो। स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनीहरूले स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफी मागेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्