कोरोनाका कारण विश्वमा थप ८ हजार ७१३ जनाको मृत्यु काठमाडौं।कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा विश्वमा थप ८ हजार ७१३ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार २३२ पुगेको छ।वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८०८ जनाको भएको छ।सोही अवधिमा ब्राजिलमा ९२५, रुस्मा ७९२, भारतमा ५४२ र मेक्सिकोमा ४५९ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्