नेपालमा कोरोना संक्रमितको संख्यामा २२ प्रतिशतले वृद्धि, मृत्यु हुनेको संख्या १४ प्रतिशतले घट्यो काठमाडौं।अघिल्लो साताको तुलनामा नेपालमा कोरोना संक्रमितको संख्यामा २२ प्रतिशतले वृद्धि भएको छ।सोही अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने १४ प्रतिशतले घटेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो साता १४ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अघिल्लो साता यो संख्या ११ हजार ६१२ रहेको थियो।यस्तै,यो साता १५६ जनाको मृत्यु भएको छ भने अघिल्लो साता १८२ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्