उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३७५ जनाले वृद्धि भएको हो। सोही अनुरुप गत २४ घण्टामा काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबाट उपत्यकामा ६२४ जनामा कोरोना संक्रमण देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्