कोेरोनाबाट थप २५ जना संक्रमितको मृत्यु काठमाडौं। पछिल्लो २५ घण्टामा नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा नौ हजार ७३८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म चार दशमलव नौ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। नेपालमा कुल संक्रमितको संख्या सात लाख ३८ हजार ९१८ पुगेको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्