देशभर कोरोना संक्रमणका कारण आज थप १८ जनाको मृत्यु काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ७ लाख ३० हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्