निषेधाज्ञा खुकुलो हुँदा संक्रमण फेरि बढ्योः पछिल्लो साता कोरोनाबाट हुने मृत्युमा ४९ प्रतिशतले वृद्धि काठमाडौं।निषेधाज्ञा खुकुलो बनाएसँगै फेरि कोरोना भाइरसको संक्रमण र यसबाट हुने मृत्युमा वृद्धि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो सातामा नेपालमा कोरोना संक्रमण १४ प्रतिशत र मृत्यु ४९ प्रतिशतले वृद्धि भएको छ।पछिल्लो साता १२ हजार ८३ जनामा कोरोना पुष्टि भएको थियो भने २०७ जनाको मृत्यु भएको थियो।अघिल्लो साता १० हजार ६२६ संक्रमित भए भने १३९ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्