अमेरिकामा पुनः बढ्यो कोरोनापछि अस्पताल भर्ना हुने दर एजेन्सी। अमेरिकामा कोभिड–१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमण भई अस्पताल भर्ना हुनेमा वृद्धि भएको छ। न्यूयोर्क टाइम्सका अनुसार सो अवधिमा ४९ प्रतिशतले वृद्धि भएको हो भने ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन्। त्यसैगरी यो समयमा कोरोनाबाट २४९ जनाको मृत्यु भएको छ। विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औषत दरमा १७१ प्रतिशतले वृद्धि भएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्