यी जिल्लामा छन् ५०० भन्दा बढी संक्रमित काठमाडौं। हाल देशका १० वटा जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै मन्त्रालयले यस्तो बताएको हो। मन्त्रालयका अनुसार मोरङ, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका हुन्। यसैगरी मन्त्रालयले २६ वटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्