नेपालमा पछिल्लो साता कोरोनाबाट मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि काठमाडौं।कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा मृत्यु हुनेको संख्या २० प्रतिशतले बढेको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो साता नेपालमा संक्रमित ८ प्रतिशत र मृत्यु हुनेको संख्या २० प्रतिशतले वृद्धि भएको छ।यो साता कोरोनाबाट १८२ जनाको मृत्यु भएको छ।अघिल्लो साता यो संख्या १५२ थियो।पछिल्लो साता नेपालमा ११ हजार ६१२ जनामा कोरोना पुष्टि भएको छ भने अघिल्लो साता १० हजार ७७२ जनामा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्