काठमाडौंमा आज थपिए ५ सय ३१ जना कोरोना संक्रमित काठमाडौं । काठमाडौं जिल्लामा बितेको चौबिस घण्टा ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख ११ हजार १२६ पुगेको छ। यीमध्ये २ लाख ३ हजार ६५२ जना निको भइसकेका छन भने १ हजार ९३७ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ५ हजार ५३७ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्