नेपालमा पछिल्लो साता कोरोना संक्रमण ८ प्रतिशतले वृद्धि, मृत्यु ७ प्रतिशतले बढ्यो काठमाडौं। नेपालमा फेरि कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेको छ। देशभर कोरोना नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा खुकुलो बनाएसँगै संक्रमितको संख्या बढ्न थालेको हो। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो साता नेपालमा कोरोना संक्रमण ८प्रतिशतले र यसबाट हुने मृत्यु ७ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो साता नेपालमा ११ हजार ६६०जनामा कोरोना पुष्टि भएको छ। अघिल्लो साता यो संख्या १०हजार ८२७ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्