बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्