बागमती प्रदेशमा भेन्टिलेटरमा रहेका संक्रमितको संख्या सयभन्दा धेरै काठमाडौं। देशभर भेन्टिलेटरमा रहेका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल देशभर १७१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १०१ जना संक्रमित भेन्टिलेटरमा छन्। यी बाहेक प्रदेश १ मा ४६ जना, गण्डकीमा ९ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित भेन्टिलेटरमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्