भारतमा फेरि बढ्न थाले कोरोना संक्रमित काठमाडौं।भारतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ।विभिन्न राज्यले लकडाउन खुकुलो गरेसँगै संक्रमितको संख्या उकालो लाग्न थालेको हो।वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ८५४ जनामा संक्रमण पुष्टि भएको छ।बुधबार यो संख्या ४० हजार २१५ र मंगलबार ३० हजार ८२७ जनामा कोरोना संक्रमण देखिएको थियो।भारतमा हालसम्म ३ करोड ९ लाख ८६ हजार ८०३ जनामा कोरोना पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्