आज १८ जना कोरोना संक्रमितको मृत्यु काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा नौ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ। मन्त्रालयको तथ्यांकअनुसार क्रमशः घट्दै गएको मृत्युदर फेरि उकालो लाग्ने क्रममा छ। हिजो १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा सात लाख छ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्