काठमाडौं महानगरपालिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नाघ्यो काठमाडौं। काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय नाघेको छ। २०७६ चैतदेखि २०७८ असार २८ गतेसम्म महानगरभित्र कोरोनाका कारण ५ सय ३ जनाको मृत्यु भएको महानगरपालिकाले जनाएको छ। महानगरभित्र हालसम्म ६९ हजार २३१ जनामा संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ६५ हजार ९७८ जना निको भइसकेका छन्। महानगरभित्र सबैभन्दा बढी वडा नं.१६ मा ७४ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्