नेपालमा १५ लाखभन्दा बढी डोज आएको भोलिपल्टै अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोना खोप विवादमा काठमाडौं।अमेरिकी सहयोगमा कोभ्याक्समार्फत नेपालमा १५ लाखभन्दा बढी डोज आएको भोलिपल्टै अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोना खोप विवादमा परेको छ।समाचार संस्था एपीका अनुसार अमेरिकी नियमन निकाय फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले जोन्सन एण्ड जोन्सनको खोप लगाउँदा दुर्लभ र सम्भावित नसा सम्बन्धी असर गर्नसक्ने चेतावनी दिएको छ। खोपका कारण मांशपेशी कमजोर र कहिले काहीँ पक्षघात हुनसक्ने भन्दै उक्त निकायले सतर्कता अपनाउन भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्