भरतपुरमा भेटियो 'डेल्टा भेरियन्ट' रासस। भरतपुरमा कोरोना भाइरस १९को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ। भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो। सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो। अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा भेरियन्ट प्रमाणित भएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्