साउदी अरबमा कोरोनाका कारण चार सातामा १२ जना नेपालीको मृत्यु काठमाडौं। गैरआवासीय नेपाली संघका अनुसार विगत ४ सातामा कोरोना संक्रमणका कारण साउदीमा १२ नेपालीले ज्यान गुमाएका छन्। योसँगै विश्वका २८ देशमा कोरोनाका कारण ४ सय ४७ जनाको मृत्यु भएको छ। हालसम्म विश्वका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपाली संक्रमित भएका छन् भने यीमध्ये १ लाख ११ हजार ४७ जना कोरोनामुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्