ललितपुरमा भेरोसेलको दोस्रो मात्रा शुक्रबार र शनिबार काठमाडाैं।चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ।पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई असार २५ र २६ गते दोस्रो मात्राको खोप लगाउन लागिएको हो।पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्