काठमाडौं महानगरपालिकाले तोक्यो भेरोसेलको दोस्रो डोज लगाउन १२ स्थान काडमाडौं।काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउन १२ स्थान तोकेको छ।गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई महानगरले आजदेखि असार २४ गतेसम्म दोस्रो डोज लगाउन १२ स्थान तोकेको हो। वीर–अस्पताल, शिक्षण अस्पताल,निजामती कर्मचारी अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालसहित १२ स्माथानमा खोप लगाइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्