भारतमा कोरोना संक्रमण निको हुने दर ९७.११ प्रतिशत एजेन्सी। भारतमा कोरोना संक्रमण निको हुने दर बढेको छ। हाल भारतमा संक्रमण निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा भारतमा ३९हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो। गत जुन २९देखि ४० हजार भन्दा कम व्यक्तिमा संक्रमण भएको पाइएको छ। हाल यहाँ कुल संक्रमितको संख्या तीनकरोड पाँचलाख ८५हजार २२९जना पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्